नेपाली युवा टोलीको पोस्टमा उज्वेकिस्तानको ६ गोल – Nepal Press

नेपाली युवा टोलीको पोस्टमा उज्वेकिस्तानको ६ गोल

काठमाडौं। एएफसी यू-२० एसिया कप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग ६-० गोलको हार ब्यहोरेको छ। चाइनिज ताइपेईमा भइरहेको छनोटमा उज्वेकिस्तानले दुवै खेलमा ३/३ गोल गरेको थियो।

२४ औँ मिनेटमा पहिलो गोल गरेको उज्वेकिस्तान सुरुको २९ मिनेटमै ३-० गोलले अगाडि बढेको थियो। नेपालले तीन खेल खेल्नेक्रममा एक जित र दुई हार ब्यहोरेको छ।

अन्तिम खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने छ। उज्वेकिस्तान एएफसी यू-२० एसिया कपको साविक विजेता टोली हो।

उज्वेकिस्तानले लगातार दोस्रो जित हात पारेको हो। छनोट प्रतियोगिताबाट १० वटा समूह विजेता र सर्वोत्कृष्ट ५ वटा उपविजेता एएफसी यू-२० एसिया कपमा पुग्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर