आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले दियो प्रहरीमा जाहेरी – Nepal Press

आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले दियो प्रहरीमा जाहेरी

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेकी अभियन्ता आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी परेको छ । केही दिनअघि उनले सो नगरपालिका अन्तरगत पर्ने एउटा झोलुंगे पुलमा भइरहेको रकम असुलीको विरोध गर्दै बनाएको भिडिओ भाइरल भएपछि नगरपालिका कानूनी प्रतिवादमा उत्रेको हो ।

झोलुंगे पुलमा जान २० रूपैयाँको टिकट काट्नुपर्ने भनिएपछि आशिकाले हंगामा गरेकी थिइन् । उनले टिकट काट्न व्यक्तिहरूलाई हप्किदप्की गर्नुका साथै साइनबोर्ड फुटाउने र टिकटहरू च्यातचुत पार्ने काम गरिन् । आइन्दा उक्त पुलमा कर नउठाउन चेतावनी दिएर उनी हिँडेकी थिइन् ।

नगरपालिकाले भने उक्त पुल आवातजावत प्रयोजनका लागि नभएर पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क लिइएको दाबी गरेको छ । यही विषयमा नगरपालिकाले आशिकाविरुद्ध बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।

भक्तपुर प्रहरी प्रवक्ता मोहनमणि अधिकारीले जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान सुरू भएको बताए । तामाङले ‘आपराधिक उपद्रव’ गरेको आरोप जाहेरीमा लगाइएको छ ।


प्रतिक्रिया

One thought on “आशिका तामाङविरुद्ध सूर्यविनायक नगरपालिकाले दियो प्रहरीमा जाहेरी

  1. कुनै ब्यक्तिको सनकाहको भरमा कसै मार्फत तयार गरिएका संरचनामाथि खुला गर्न गराउन के कस्ता कानुनी प्रक्रिया छन्, सोच विचारै नगरी दुर्गा प्रसाईको पारा भएन र, स्थानिय जनता, स्थानिय सरकार, सुरक्षानिकाय लगायत संघ संस्था, पार्टी आदि समेतका छलफल गराएको भए कुनै उपाय सोझिन्थ्यो कि, जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर