निर्माण व्यवसायीलाई कार्यवाहक प्रधानमन्त्रीको आश्वासन- तपाईंहरूले समस्या चाँडै समाधान गर्दैछौँ – Nepal Press

निर्माण व्यवसायीलाई कार्यवाहक प्रधानमन्त्रीको आश्वासन- तपाईंहरूले समस्या चाँडै समाधान गर्दैछौँ

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार निर्माण व्यवसायीहरूका जायज मागहरू समाधान गर्ने पक्षमा रहेको बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलको ध्यानाकर्षणपत्र बुझ्दै सरकारले निर्माण व्यवसायीहरूका समस्या समाधान गर्नको लागि पहिलो प्राथमिता राखेको बताए।

उनले भने, ‘निर्माण व्यवसायीहरूले जुन खालका अप्ठ्याराहरू भोग्नुभएको छ। जसमा नीतिगत ऐन कानुनहरू, अव्यवहारिक भएका नियमावलीहरूका विषयमा सरकारलाई जानकारी दिनुभएको छ। जसमा निर्माण व्यवसायीहरूका जायज मागहरू छन्। त्यसलाई नेपाल सरकारले समाधान गर्ने पक्षमा छ। जतिसक्दो चाँडो समस्या समाधान गर्न कसरी सकिन्छ। त्यसमा सरकारले विशेष ध्यान दिएर काम गरिरहेका छौँ।’

निर्माण व्यवसायीहरूले भोग्नुपरेका नीतिगत, ऐन, कानुन र नियमावलीहरूका अप्ठ्याराहरू चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर