जीवी राईसहित १७ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता, साढे ३७ करोड बिगो दाबी – Nepal Press

जीवी राईसहित १७ जनाविरुद्ध चितवनमा ठगी मुद्दा दर्ता, साढे ३७ करोड बिगो दाबी

चितवन । जिल्ला अदालत चितवनमा साहरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका संस्थापक गितेन्द्र बाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले आज ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ १७ पैसा रकम बिगो माग दाबीसहित ठगी मुद्दा दर्ता गरेको हो ।

जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुइँटेलका अनुसार ४४६ जना जाहेरवालाले संयुक्तरूपमा आफ्नो बचत रकम संस्थापक राईसहित १७ जनाले अपचलन गरेको जाहेरी दिएका छन् ।

तर, प्रतिवादी १७ जनामध्ये कुमार रम्तेलबाहेक १३ जना फरार छन् भने ३ जना अनुपस्थित रहेका छन् । उनीहरूलाई मुलुकी अपराध संहिताको दफा २४९ बमोजिम १० वर्ष कैद र १ लाख जरिवाना साथै बिगो फिर्तासमेत गर्नुपर्ने अभियोजन लगाइएको छ ।

जिल्ला न्यायाधिवक्ता लुइँटेलले ठगीमा संलग्न सबैको सम्पत्ति र सहकारीबाट लिएको रकम लिने कम्पनीको समेत छुट्टै अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरिएको बताए ।

हेर्नुस् अभियोगको पूर्णपाठ-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर