राष्ट्रिय दलित आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस – Nepal Press

राष्ट्रिय दलित आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार एक कार्यक्रमबीच आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको आयोगका सदस्य एवम प्रवक्ता सुन्दर पुर्कुटीले नेपाल प्रेसलाई जानकारी दिए । नेपालको संविधानको धारा २९४ को उपधारा १ मा संवैधानिक आयोगले वार्षिक रुपमा आफ्ना प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर