लेखा सेवाका २६ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) – Nepal Press

लेखा सेवाका २६ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । लेखा सेवाका २६ जना उपसचिवको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयमाबाट अन्य कार्यालयमा जिम्मेवारी दिएर सरुवा गरेको हो ।

सरुवा सूची अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीको बागमती सिँचाइ आयोजना सर्लाहीमा सरुवा भएको छ भने कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका प्रमुख कोष नियन्त्रक महेशकुमार दाहालको कोष तथा लेखा नियन्त्रक कार्यालय भक्तपुरमा सरुवा भएको छ ।

बाँकी २४ जना उपसचिवको भने संघीय राजधानी काठमाडौंका विभिन्न निकायबाट संघीय राजधानी काठमाडौँकै अन्य निकायमा सरुवा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर