स्थानीय तह उपनिर्वाचनमा सहभागी हुन आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता गरिसक्नुपर्ने – Nepal Press

स्थानीय तह उपनिर्वाचनमा सहभागी हुन आजदेखि असोज १६ सम्म राजनीतिक दल दर्ता गरिसक्नुपर्ने

११९ राजनीतिक दलले मात्रै स्थानीय तहको उपनिर्वाचनमा सहभागिताका लागि दर्ता गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता आव्हान गरेको छ ।

आयोगले एक सूचना नै जारी गर्दै उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० अर्थात बिहीबारदेखि असोज १६ सम्म दल दर्ता गर्न सक्नेछन् ।

मंसिर १६ मा तय भएको स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम बिहीबारदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र दल दर्ता गर्न आव्हान गरिएको आयोका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दलले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा आयोगको कार्यालयमा निवेदन दिनसक्ने छन् ।

स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि सरकारले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्दैछ । जसमा जिल्ला समन्वय समितिका प्रमुख २, नगरपालिकाको प्रमुख र गाउपालिका अध्यक्ष ३, नगरपालिकाको उपमुख तथा गाउँपालिका उपाध्यक्ष ५, वडा अध्यक्ष ३१ गरेर स्थानीय तहमा ४१ पदमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार पछिल्लो समयसम्म आयोगमा ११९ वटा राजनीतिक दलको दर्ता कायम रहेको छ । दर्ता भएका १९ राजनीतिक दलले मात्रै स्थानीय तहको उपनिर्वाचनमा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर