२१ दिने युद्ध बिराम गर्न इजरायल र हेजबुल्लालाई अमेरिका, बेलायतलगायतका देशहरूको आग्रह – Nepal Press

२१ दिने युद्ध बिराम गर्न इजरायल र हेजबुल्लालाई अमेरिका, बेलायतलगायतका देशहरूको आग्रह

काठमाडौं । इजरायली सेना र लेबनानी हतियारधारी समूह हेजबुल्लालाई २१ दिने युद्ध बिराम गर्न अमेरिका, बेलायत तथा अरू साझेदार मुलुकहरूले आग्रह गरेका छन् ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार युद्ध फैलिएर क्षेत्रीय स्तरको हुने भन्दै उनीहरूले त्यसको जोखिम कम गर्न युद्ध बिराम गर्न आग्रह गरेका हुन् ।

यसै बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका पुगेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औं साधारण सभामा भाग लिन उनी पुगेका हुन् । उनको मन्तव्य शुक्रवार हुने बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर