शशांक कोइरालाले गरे प्रतिष्ठानको अवलोकन, अस्पतालको सेवासहित भौतिक पूर्वाधारमा पहल गर्ने प्रतिबद्धता – Nepal Press

शशांक कोइरालाले गरे प्रतिष्ठानको अवलोकन, अस्पतालको सेवासहित भौतिक पूर्वाधारमा पहल गर्ने प्रतिबद्धता

रूपन्देही । नेपाली कांग्रेस नेता शशांक कोइरालाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छन् ।

कांग्रेस नेताहरू केन्द्रीय सदस्य दिपक गिरी, केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगी, महासमिति सदस्यद्वय किरणकिशोर घिमिरे,भूपबहादुर डाँगी, क्षेत्रीय सभापति भिमप्रकाश खड्कालाई साथमा लिएर कोइराला प्रतिष्ठानमा पुगेका थिए ।

अवलोकनका क्रममा अस्पतालको सेवासहित भौतिक पूर्बाधारको बिस्तारका बारेमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा.जनार्दन पन्थीले जानकारी गराएका थिए ।

सो अवसरमा कोइरालाले अस्पतालको सेवा बिस्तारले जनताको स्वास्थ्य सेवामा पहुँच बिस्तार हुने बताउँदै प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पूर्बाधार विकासमा पुर्णरुपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर