एमाले विराटनगरको अध्यक्षमा रोहित कोइराला र सचिवमा बलराम – Nepal Press

एमाले विराटनगरको अध्यक्षमा रोहित कोइराला र सचिवमा बलराम

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको अध्यक्षमा रोहित कोइराला मनोनीत भएका छन् । कोइराला यस अघि महानगर सचिव थिए । विराटनगर महानगर पालिका वडा नम्बर ३ मा रहेको मानगढ खानेपानीमा विद्रोही उठाएको भन्दै नगर अध्यक्ष सागर थापा जेठ ३१ गते कारबाहीमा परेका थिए । उनी कारबाहीमा परेसँगै महानगरको कमिटी नै नयाँ बनेको हो ।

एमालेले विराटनगर महानगरको उपाध्यक्षमा सुनिता श्रेष्ठलाई मनोनित गरेको छ । यस्तै, सचिवमा बलराम गिरी उपसचिवमा गणेश साह र अमताज हुसेनलाई मनोनीत भएका छन् ।

महानगर कमिटी १९९ सदस्यीय गठन भएको एमाले मोरङले जानकारी दिएको छ । एमाले महानगरको इन्चार्जको जिम्मेवारी भने पर्शुराम बस्नेतले पाएका छन् ।

एमाले नेताहरूले महानगर कमिटीलाई पूर्णता दिइएको र यो कमिटीले ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने दायित्व तोकिएको जानकारी दिएका छन् । मोरङका इन्चार्ज जीवन घिमिरेले महानगर कमिटी पनि ‘सङ्गठन कमिटी’ कै रूपमा रहनेछ । ‘अबको ६ महिनाभित्र अधिवेशन आयोजना गर्ने कार्यादेशसहित महानगर कमिटीलाई पूर्णता दिइएको हो’, घिमिरेले बताए ।

मानगढ खानेपानी आयोजना निर्वाचनमा पार्टीको उम्मेदवार हराउन गतिविधि गरेको आरोपमा थापाको पद खोसिएको हो । उनी स्थानीय निर्वाचनमा विराटनगरको मेयरको उम्मेदवार समेत बनेका थिए ।

उनको नेतृत्वको महानगर कमिटीले जेठ ३० मा बैठक आयोजना गरेर असोज १२ र १३ गते महानगरको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर