प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका अ‍ोली पाकिस्तानी प्रधानमन्त्रीबीचको भेटमा भेटमा दुई देशको सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भएको छ ।

यस्तै दुई पक्षीय व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवर्धन गर्ने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *