एमालेनिकट प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशनको तयारी पूरा – Nepal Press

एमालेनिकट प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आसन्न अधिवेशनको तयारी पूरा भएको छ ।

यही अक्टोबर ६ तारिखमा तय गरिएको ८औं राष्ट्रिय अधिवेशनबाट ७ सदस्यीय पदाधिकारीसहित नयाँ नेतृत्व चयन हुनेछ । हाल सृजना नेपालीको अध्यक्षतामा दक्षिण कोरिया प्रवासी नेपाली मञ्चमा २५ सदस्यीय कार्यसमिति रहेको छ ।

अधिवेशनमा एमाले सचिव पद्माकुमारी अर्याल प्रमुख अतिथिको रूपमा जाँदैछिन् । त्यस्तै प्रवासी नेपाली मञ्च पूर्वी एसिया तथा ओसियाना इन्चार्ज डा. सूर्य पाठक विशेष अतिथिको रूपमा सहभागी हुने छन् ।

अधिवेशनमा कोरियास्थित नेपाली कुटनैतिक नियोग, विभिन्न दलका भ्रातृ संगठन, सामाजिक तथा क्षेत्रीय संस्थाहरूलाई बोलाइएको सचिव अन्जान कुलुङ राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर