पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको छ, अबको अर्थतन्त्र वृद्धि ब्रिक्सको ः पुटिन – Nepal Press

पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको छ, अबको अर्थतन्त्र वृद्धि ब्रिक्सको ः पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिका तथा युरोपेली देशहरूलाई संकेत गरेर पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको बताएका छन् ।

पुरानो जस्तो फर्कनै नसक्ने खालको ह्रास आएको भन्दै पुटिनले अबको विश्व अर्थतन्त्रको वृद्धि ब्रिक्स देशमा हुने बताएका छन् ।

ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका लगायतका देशहरूको साझा संस्था ब्रिक्सले अबको विश्व अर्थतन्त्र वृद्धिको नेतृत्व लिने पुटिनले बताएका छन् ।

रुसमा बिहीबार आयोजना भएको ‘रुस ऊर्जा सप्ताह २०२४’ मा बोल्दै पुटिनले यस्तो बताएका हुन् । २१ औँ शताब्दीको आर्थिक वृद्धिको केन्द्र युरोप र अमेरिका दुवैमा नहुने पुटिनले बताएका छन् ।

सन १९९२ मा अहिले ब्रिक्समा जोडिएका देशहरूको कुल ग्राहस्थ उत्पादन (जीडीपी) विश्वको १६ प्रतिशत भएको तर अहिले जी–७ भन्दा धेरै भएको भन्दै पुटिनले यस्तो तर्क गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर