उपप्रधानमन्त्री पौडेल र चिनियाँ समकक्षी भेट : के लेख्यो चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले ? – Nepal Press

उपप्रधानमन्त्री पौडेल र चिनियाँ समकक्षी भेट : के लेख्यो चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले ?

काठमाडौं । चीन भ्रमणमा गएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षी तिङ सुएसिआङको भेट भएको छ । भेटको समाचार चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले बनाएको छ ।

समाचार अनुसार चिनियाँ उपप्रधानमन्त्रीले नेपाल र चीन नदी र हिमालले जोडिएका देशहरू भएको भन्दै फरक आकारमा देश हुँदा पनि आपसी साझेदारी र हितमा उदाहरणीय काम गरेको नजिर दुई देशले पेस गरेको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका उपप्रधानमन्त्री सुएसिआङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलबीचको वर्तालाई चीनिया सरकारी संचारमाध्यमले उच्च प्राथमिकता दिएको हो । उपप्रधानमन्त्री सुएसिआङले नेपाल र चीनको साझेदारी बढाउने, बिआरआईमा काम गर्ने र उच्च गुणस्तरको विकासमा काम गर्ने कुरामा नेपाल र चीनका शीर्ष नेताहरूको गाइडेन्समा काम गर्ने बताएका छन् ।

पौडेलले नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध भएको, दुई देशको मित्रता बढाउन प्रतिबद्ध भएको र चीनको मुख्य चासोलाई ध्यान दिने बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर