सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण अधिकारी नियुक्त – Nepal Press

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।

उनीसँग २० वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।

उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *