सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर – Nepal Press

सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सर्वाेत्तम सिमेन्टले झापाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा रहेको आफ्नो सर्वोत्तमा ईष्ट प्रालिको कारखानामा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ । उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका
अध्यक्ष टेक बहादुर रोक्का तथा उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु उपस्थिति थिए ।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *