छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति – Nepal Press

छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीले पुनः ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप गरेको कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई गत आइतबार काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सोमबार उनलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएपछि ७ दिन म्याद थप गरिएको एसपी थापाले बताए ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर