नेपाल क्रिकेट संघको साधारण सभा पोखरामा सुरु – Nepal Press

नेपाल क्रिकेट संघको साधारण सभा पोखरामा सुरु

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा पोखरामा सुरु भएको छ । पोखरा लेकसाइडको एक रिसोर्टमा सुरु भएको साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन् ।

साधारणसभामा मन्त्री थापा प्रमुख अतिथि र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको विशेष अतिथिको रुपमा थिए । कार्यक्रममा मन्त्री थापाले क्रिकेट विकासमा क्यानको भूमिका अविस्मणीय भएको बताए ।

क्रिकेटको विकासका लागि प्रदेश सरकारले पनि खेलाडी पहिचानदेखि वार्षिक आकस्मिक विमा लगायतका कार्यक्रम सञ्चालन गरेको मन्त्री थापाले उल्लेख गरे । नेपाली क्रिकेटको दोस्रो भेन्यू बन्ने सक्ने कुरामा क्रिकेट संघले चिन्तन मनन गरिरहेको बताए । उनले अहिलेको क्रिकेट पूर्वाधारले २०२७ मा हुने विश्वकप पोखरा गर्ने अवस्था नरहेको दाबी गरे ।

क्रिकेटसँग जोडिएका हरेक व्यक्तिको योगदानले अहिले क्रिकेट यो ठाउँ आएको बताए । उनले एनपीएलका लागि टीयुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए ।

घरेलु क्रिकेटको स्ट्रक्चरलाई मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ छ । क्यानका सचिव पारस खड्काले गत वर्ष नेपालले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको बताए । साधारण सभा शनिबारसम्म चल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *