५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु – Nepal Press

५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन ।

बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने कार्यतालिका भए पनि तोकिएको समय बितेको ५ घण्टा बितिसक्दा समेत यो समाचार तयार पार्दासम्म सुरु हुन नसकेको हो ।

कार्यालय बैठक बस्नमा ढिलाई भएको र अहिले कार्यालय बैठक बसिरहेको संगठनका उपाध्यक्ष मदन भुलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कार्यालय बैठक सकिने वित्तिकै बन्द सत्र सुरु हुनेछ ।

उनले भने, ‘बिधान लगायतका विषयमा कार्यालयको बैठकमा छलफल भइरहेको छ । उक्त छलफल एकैछिनमा सकिन्छ र त्यसपछि बन्दसत्र सुरु हुन्छ ।’

संगठनको २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार त्रिभुवन विश्विद्यालय कीर्तिपुरमा उद्घाटन गरेका थिए ।

संगठनका १७ जना उपाध्यक्ष र एक महासचिव गरेर १८ जना नै अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा जुटेको र प्रतिनिधिसँग मत माग्नमा व्यस्त भएका कारण कार्यालयको बैठक बस्नमा ढिलाई भएपछि बन्दसत्र सुरु हुन ढिलाई भएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर