सहकारी ठगीमा फरार ढोरपाटनका मेयर भारतमा पक्राउ – Nepal Press

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर भारतमा पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए ।

नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए । गत माघमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो ।

उनलाई भारतबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर