भारी वर्षाका कारण देशभरका उडान प्रभावित – Nepal Press

भारी वर्षाका कारण देशभरका उडान प्रभावित

काठमाडौं । देशभर सक्रिय मनसुनको प्रभावले मौसम प्रतिकूल हुँदा आज शुक्रबारका लागि निर्धारित हवाइ उडानहरु प्रभावित भएका छ्न् । प्रतिकूल मौसमका कारण कतिपय विमानस्थलहरु खुल्न सकेनन् भने कतिपय विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी रहेको नागरिक उड्ड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

विमानस्थलहरुमा यात्रुहरू लामो समयसम्म प्रतिक्षारत रहेका छन् भने एअरलाईन्सहरुलाई उडान नहुँदा यात्रुहरूलाई सम्झाउन कठिन भएको जनाइएको छ । आजका लागि निर्धारित यती एअरलाईन्सका धेरै उडानहरु प्रभावित भएका हुन् ।

यती एअरलाईन्सका उडान तालिकामा रहेका २ वटा पर्वतीय उडान, पोखराका १०, नेपालगन्जको २, सिमराको २, बिराटनगरको ५, भैरहवाको ३, जनकपुरको ३, भद्रपुरको ३ उडानहरु रद्ध भएका प्राधिकरणले जानकारी गराएको छ ।

नेपालगन्ज बाट काठमाडौंका लागि उडेको एन वाई टि ४२२ नं. फ्लाइट भैरहवा डाईभर्ट गरिएको र भैरहवा बाट पुन काठमाडौं आएको जहाज सिमराको आकाशमा होल्ड गरेर पुनः नेपालगन्ज नै फर्केको छ ।

काठमाडौंबाट बिराटनगर उडेको ७८३ नं. को प्लाईट गन्तव्य नपुगी पुनः काठमाडौं फर्केको छ । आज यति एअरलाईन्सको दुईतर्फि ६४ वटा उडानहरु निर्धारण गरिएका थिए । त्यस्तैगरी तारा एअरले निर्धारण गरेको आजका लागि निर्धारित सबै उडान रद्ध गरिएको छ आज ताराका पोखरा-जोमसोमका ४ वटा उडान, काठमाडौं र रामेछाप बाट लुक्लाका लागि निर्धारित १२ वटा उडान रद्ध भए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर