सुपर त्रिशूली निर्माण आयोजनाको ६ वटा गाडी नदीबीचमा फस्यो – Nepal Press

सुपर त्रिशूली निर्माण आयोजनाको ६ वटा गाडी नदीबीचमा फस्यो

चितवन । सुपर त्रिशूली निर्माण आयोजना कम्पनीको ट्रिपर र एक्साभेटर त्रिशूली नदीमा फसेको छ ।

कम्पनीको ३ वटा ट्रिपर र ३ वटा एक्साभेटर आज त्रिशूली नदीमा आएको बाढीमा फसेर डुबाएको र निकाल्न नसकिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका १, बुट्टारमा त्रिशूली नदीलाई दुई भंगालो बनाइ काम भइरहेको थियो ।

भंगालो बीचको टापुमा रहेको ३/३ वटा एक्साभेटर र ट्रिपरलाई आज त्रिशूलीको बाढीले बीचमै फसाएको हो । पानीको सतह अति तीव्र भएको कारण निकाल्न नसकिएको र बगाउनसक्ने जोखिम रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर