बनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता (भिडिओ) – Nepal Press

बनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता (भिडिओ)

काठमाडाैं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकल र चालकलाई खाेलाले बगाएकाेमा बाइकलाई खाेलाबाट निकालिएकाे र चालक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भइ हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ हुन् ।

प्रहरीका अनुसार चालककाे खाेजी भइरहेकाे छ ।


प्रतिक्रिया

One thought on “बनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता (भिडिओ)

  1. जहाँ पायो त्यही खोला खुल्ला राख्नेलाई कारवाही गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर