बाढीले झापामा दुई जनालाई बगायो, मोरङमा ९४ परिवार विस्थापित – Nepal Press

बाढीले झापामा दुई जनालाई बगायो, मोरङमा ९४ परिवार विस्थापित

विराटनगर । लगातारको अविरल वर्षाले कोसी प्रदेशको जन जीवन अस्तव्यस्त भएको छ । अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले झापामा २ जनालाई बगाएको छ । बाढीका कारण २ वटा पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढीले झापाको कचनकवल गाउँपालिकामा १४ वर्षीय बालिका लाई नेहरिका राजवंशीलाई बगाएको छ । उनलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यस्तै झापाको कमल १ का टिकाराम चौधरीलाई कृष्ने खोलाले बगाएको छ । माछा मार्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले झापाको अर्जुनधारा नगरपालिका– ७ मा बिरिङ खोलामा रहेको खुदुनाबारी–शनिश्चरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल – १ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको छ ।

निरन्तरको वर्षासँगै आएको बाढीका कारण मोरङमा ९४ परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रङेली, धनपालथान र जहदाका ९४ परिवार विस्थापित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *