नेपाल-चीन जोड्ने लार्चाको बेलिब्रिज बगायो, लिपीङ पुलमा पनि समस्या (भिडिओ) – Nepal Press

नेपाल-चीन जोड्ने लार्चाको बेलिब्रिज बगायो, लिपीङ पुलमा पनि समस्या (भिडिओ)

सिन्धुपाल्चोक । भोटेकोशी नदीको बहाव उच्च हुदा नेपाल चीन जोड्ने भोटेकोशी गाउँपालिका-२ मा रहेको लार्चामा रहेको बेलीब्रिज नदीले बगाएको छ ।

 

आज बिहान भोटेकोशी नदीमाथि रहेको उक्त बेलिब्रिज बगाएपछि सीमा क्षेत्रको सडक सञ्जाल टुटेको छ । पुल बगाएसँगै नेपाल चीन बिचको व्यापारीक कारोबार अब पूर्णरुपमा बन्द हुने भएको छ ।

२०७४ साउनमा आएको पहिरोले लार्चामा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएको नजिकै २०७४ वैशाखमा सडक विभागले बेलिब्रिज निर्माण गरेको थियो ।

पुल बगाएपछि भोटेकोशी गाउँपालिका १ र २ वडाको सडक सम्बन्धबाट बिच्छेद भएको छ भने दशैंका लागि चिनियाँ सामग्री बोकेर आएका कन्टेनरहरु समेत बाटोमा नै रोकिएका छन् ।

अब यो नाका हुँदै दशै लक्षित सामग्रीहरु नेपाल नभित्रने भएको छ । त्यस्तै भोटेकोशी गाउँपालिका १ र २ नजिकै रहेको लिपीङ पुलको पनि एक साइड नदीमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर