अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह- विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं – Nepal Press

अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह- विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं

गृहमन्त्रीलाई फोन गरेर दिए उद्धारमा ढिलाइ नगर्न निर्देशन

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिएका छन् ।

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधनसहित खटाइएको बताएका छन् ।

उनले फेशबुकमा लेखेका छन्, ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ ।’

उनले केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको भन्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढ्न निर्देशन दिएका छन् ।

उनले थपेका छन्, ‘मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने छ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं । विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर