भारी वर्षापछि आएको पहिरोमा परी चन्द्रागिरीमा दुई जनाको मृत्यु – Nepal Press

भारी वर्षापछि आएको पहिरोमा परी चन्द्रागिरीमा दुई जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण चन्द्रागिरी नगरपालिका वडा नं. २ मसिनेमा आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३९ वर्ष गर्वे तामाङ र उनको श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन् । त्यस्तै, पहिरोमा परि उनकी आमा ठूलीमाया तामाङ, छोरी बिनिसा घाइते भएका छन् ।

घाइतेको उपचार एपीएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर