नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्री- हेलिकप्टर जान नसक्ने भएपछि जमिनबाट गरेको उद्धारको प्रयास सफल भएन – Nepal Press

नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्री- हेलिकप्टर जान नसक्ने भएपछि जमिनबाट गरेको उद्धारको प्रयास सफल भएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनाको उद्धार प्रयास गर्दागर्दै नसकेको प्रष्टीकरण दिएका छन् । घण्टौंसम्म टहराको छानामा बसेकाहरुको उद्धारको प्रयास गर्दागर्दै नससकेको उनको भनाइ छ ।

गृहमन्त्रालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडार रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन ।’

जमिनबाट सशस्त्र र प्रहरीले उद्धार गर्ने प्रयास गरेपनि उद्धारमा खटिएका प्रहरी जवानहरुलाई नै बगाएर उद्धार गर्नुपर्ने स्थिति बनेको उनले बताए ।

 


प्रतिक्रिया

One thought on “नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्री- हेलिकप्टर जान नसक्ने भएपछि जमिनबाट गरेको उद्धारको प्रयास सफल भएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर