पाँचथरमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, ४ जना बेपत्ता (भिडिओ) – Nepal Press

पाँचथरमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, ४ जना बेपत्ता (भिडिओ)

विराटनगर । धनकुटा र पाँचथरमा बाढी र पहिरोमा पुरिएर आज ६ जनाको मृत्यु भएको छ । अविरल रुपमा परेको पानीका कारण पहिराले किचेर ४ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पाँचथरको फिदिम नगरपालिकामा पहिरोले पुरिएर आमा छोरीको मृत्यु भएको छ ।

पाँचथर फिदिम नगरपालिका –४ चिसापानीमा रहेको आदिासी जनजातीको भवन गएराति पहिरोले पुरिँदा २४ वर्षीय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।

 

पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णु कोइरालाले अविरल बर्षाका कारण वेपत्ताहरुको खोजी र उद्धारमा समस्या भएको बताए । उनका अनुसार अहिले पनि पाँचथरमा पानी परिरहेको छ । पानीका कारण उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी पुग्न समस्या भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले फालेलुङ गाउँपालिका ५, तारे खोलाको बाढीले निगुरे चोककी ३६ वर्षीय कमला राईलाई बाढीले बगाएर बेपत्ता बनाएको जानकारुी दिए । यस्तै बाढीले फालेलुङ ६ र फालेलुङ ५ जोड्ने पक्की पुलसमेत बगाएको ।

फिदिम नपा १ साब्राङस्थितमा फेमे खोला पहिरोमा परी ४ जना हराइरहेको । पहिरोमा परेर सोही ठाँएका ५० को गोपी विश्वकर्माको शव भेटिएको छ ।

अन्यको खोजी कार्य भइरहेको कोइरालाले बताए । धनकुटाको पाख्रीबास नगरपालिका– ५ आज बिहानको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर