सुनकोशीकाे बाढीले बगायो खुर्कोट पुल – Nepal Press

सुनकोशीकाे बाढीले बगायो खुर्कोट पुल

काठमाडौं । भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ ।

यो पुल खुर्कोटबाट रामेछाप, दोलखा, ओखलढुंगा जोड्ने सडकमा निर्मित थियो । जसका कारण आवागमन प्रभावित हुने छ । त्यहाँ नजिकै रहेको झोलुंगे पुल पहिला बगाएको र त्यसपछि खुर्कोट बगाएको हो ।

पुलको क्षतिग्रस्त बनेपछि रामेछाप, दोलखा ओखलढुङा जाने सडक बन्द हुने अवस्था आउन सक्ने बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै, रामेछापकाे हातेचौर र मन्थली विमानस्थलमा पनि तामाकोशीको बाढी पसेको उनले बताए ।

बाढीले बगाउनु अघिकाे खुर्काेट

खुर्काेट पुल बगाउनु अघि बगेकाे झाेलुंगे पुल

 

बाढी पसेपछि रामेछापकाे मन्थली विमानस्थल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर