पहिरोको जोखिम बढेपछि नारायणगढ-नागढुङ्गा सडकमा भोलि बिहानसम्म गाडी चलाउन रोक – Nepal Press

पहिरोको जोखिम बढेपछि नारायणगढ-नागढुङ्गा सडकमा भोलि बिहानसम्म गाडी चलाउन रोक

चितवन । अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो गइरहेको र पहिरोको जोखिम भएको भन्दै चितवनमात्रै नभएर काठमाडौँ प्रवेश गर्ने नारायणगढ-मुग्लिन-नागढुङ्गा सडक खण्डमा भोलिसम्म गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले केही बेरअघि सूचना जारी गर्दै अहिलेदेखि भोलि बिहान ५ बजेसम्म चितवनदेखि नागढुङ्गासम्म सडकमा गाडी गुडाउन रोक लगाइएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कतै सडक भासिएका, कतै पहिरो गएको कारण यात्रुको सुरक्षाको लागि भोलि बिहानसम्म गाडी चलाउन रोकिएको बताए ।

हिजो बेलुका ७ बजेदेखि नै नारायणगढ मुग्लिन सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ५ बजे सडक खुल्ने भनेपनि नारायणगढ मुग्लिन सडकको ९ स्थानमा पहिरो गएकोले बाटो अवरुद्ध भएको थियो ।

चितवनमा लगातारको वर्षाको कारण नारायणी नदी किनाराका सबै बस्ती डुबेका छन् । नारायणी वर्षाका कारण अझ उर्लँदो छ । त्यसैले प्रमुख जिल्ला अधिकारीले नदी किनारामा पनि नजान सर्वसाधारणलाई अपिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर