पृथ्वी राजमार्ग अवरूद्ध, सामान लिएर आएका ट्रक नागढुंगामा अलपत्र (तस्बिरहरू) – Nepal Press

पृथ्वी राजमार्ग अवरूद्ध, सामान लिएर आएका ट्रक नागढुंगामा अलपत्र (तस्बिरहरू)

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ ।

पहिरो खसेपछि अहिले सडक ठप्प छ । राजमार्गमा सवारी साधन आवतजावत रोकिएर बसेका छन् । सडक बन्द भएपछि सामान लिएर आएका ट्रक र यात्रुवाहक बसहरू पनि बीच बाटोमै रोकिएर अलपत्र भएका छन् ।

राजमार्गका ठाँउ–ठाँउमा ठूलो ठूलो ढुङ्गासमेत खसेकोले हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर