कोशीको भङालोमा २६ जना फसे, मुख्यमन्त्री पुगे पनि उद्धारमा कठिनाइ – Nepal Press

कोशीको भङालोमा २६ जना फसे, मुख्यमन्त्री पुगे पनि उद्धारमा कठिनाइ

विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ५ र २ मा २६ जनाभन्दा बढी गोठाला कोशीको भङालोमा फसेका छन् । उनीहरूको उद्धारका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसहितको टोली वराहक्षेत्र पुगे पनि सप्तकोशीमा पानीको बाहाब बढेकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रतिकुल मौसमका कारण हेलिकप्टर समेत लैजान नसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनले सप्तकोशीको भङालोमा २६ जना भन्दा बढी फसेको बताए । नदीले उनीहरू फसेकै तिर तीव्र रूपमा कटान गरिरहेको छ । नदीको भङालोमा फसेको जानकारी पछि उद्धारका लागि टोली परिचालन गर्न मुख्यमन्त्री हिक्मत कुमार कार्की सहितको टोली सो स्थानमा पुगेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोली सो स्थानमा उद्धारका लागि पुगे पनि उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ र ५ को केही भा कोशीको भङालोमा पर्दछ । त्यहाँ वस्तु चराउन जाने गरेका मानिसहरू जाने गरेका छन् ।

ब्यारेजमा आवात जावत बन्द

कोशी ब्यारेजको आवत जावत बन्द गरिएको छ । सप्तकोशी नदीमा पानीको बाहब उच्च भएपछि खतरा हुने भन्दै आवत जावतमा रोक लगाइएको हो । अहिले कोशीमा ५ लाखा २१ हजार क्युसेक पानी प्रतिसकेण्ड बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोलका अनुसार पानीको वहाव बढ्दो क्रममा छ ।

पानीको वहाव उच्च भएकाले अहिले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ । बिहार सरकारको जल संशोधन विभागले कोशीमा पानीको बहाव बढ्ने भन्दै रेड अलर्ट जारी गरेको छ । बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिवार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर