सिस्नेरी पहिरो अपडेट : एन्फा एकेडेमीका तीनजना विद्यार्थीको शव फेला – Nepal Press

सिस्नेरी पहिरो अपडेट : एन्फा एकेडेमीका तीनजना विद्यार्थीको शव फेला

हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परि हराइरहेका एन्फा एकेडेमीका ६ जना विद्यार्थी मध्ये तीन जनाको शव फेला परेको छ ।

मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ विद्यार्थी विद्यार्थी पहिरोमा पुरिएका थिए ।

हराइरहेका ६ मध्य तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष डिके पुडासैनीले नेपालप्रेसलाई बताए ।

बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका थिए ।

कुलेखानी ड्यामको ढोका खुलेपछि ती विद्यार्थीले छोटो बाटो प्रयोग गरी हिँडेपछि पहिरोमा परेको बताइएको छ ।

बेपत्ता विद्यार्थीहरूमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् ।

उनीहरुमध्ये शव भेटिएकाहरुको पहिचान भइनसकेको अध्यक्ष पुडासैनीको भनाई छ ।

एन्फा केन्द्रीय सदस्य टीकाराम लामा अनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ४० जना खेलाडीमध्ये ६ जना सम्पर्कविहीन भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर