उद्धार र राहतमा समन्वय गरेर जुट्न एमालेका कार्यवाहक अध्यक्ष पोखरेलको आह्वान – Nepal Press

उद्धार र राहतमा समन्वय गरेर जुट्न एमालेका कार्यवाहक अध्यक्ष पोखरेलको आह्वान

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोका कारण समस्यामा परेका जनताको उद्धार र राहतमा सरकारी संयन्त्रसँगै समन्वय गरेर जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।

कार्यवाहक अध्यक्ष पोखरेलले शनिवार साँझ वक्तव्य जारी गर्दै सरकारका सबै निकायको समन्वयात्मक परिचालन गर्न आग्रह समेत गरेका छन् । पोखरेलले एमालेका सबै तहका कमिटी,जनप्रतिनिधि र जन वर्गीय संगठनहरुलाई समन्वयात्मकता परिचालित हुन निर्देशन दिएका छन् ।

पोखरेलले अन्य राजनीतिक दलका साथै सामाजिक संघ संस्थाहरुलाई पनि राहत तथा उद्धारमा परिचालित हुन अनुरोध गरेका छन् । घाइतेको उपचार र बेपत्ताहरूको अविलम्ब खोजी कार्य गर्न पोखरेलले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर