सिस्नेरी पहिरोमा मृत्यु हुने ६ जना किशोरको पहिचान खुल्यो (नामावली) – Nepal Press

सिस्नेरी पहिरोमा मृत्यु हुने ६ जना किशोरको पहिचान खुल्यो (नामावली)

हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा गएको पहिरोमा परि ज्यान गुमाउने ६ जना किशोरहरुको पहिचान खुलेको छ ।

शनिवार बिहान पहिरोमा परि ज्यान गुमाउने ६ जना विद्यार्थी स्थानीय बत्सलादेवि माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू रहेका छन् ।

मृत्यु हुनेमा हेटौँडा १२ का अनुपम घलान, इन्द्रसरोबर सिस्नेरीकै दिवस बानियाँ, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, बारा जिल्लाका विकल रेग्मी, सर्लाही जिल्लाका आदित्य बलपाकी र काठमाडौंका रियान्स आचार्य रहेका छन् ।

मृत्यु भएका घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् । एन्फाले गत वैशाखबाट देशभरका ४० जना विद्यार्थी छनोट गरेर पूर्ण छात्रवृत्तिमा फुटबल प्रशिक्षण सहित औपचारिक विद्यालय अध्ययनको व्यवस्थापन गरेको थियो ।

मृतकहरूको शव अहिले पोष्टमार्टमको लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको एन्फाका केन्द्रीय सदस्य टिकाराम लामाले नेपा प्रेसलाई बताए ।

सिस्नेरी घटनाले नेपाली फुटबल क्षेत्र शोकमा डुबेको बताउँदै लामाले पहिरोको कारण नेपाली फुटबलले भविष्यका स्टार खेलाडीलाई गुमाउनुपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *