रोशी क्षेत्रमा अलपत्र यात्रीको उद्धार शुरु, राहत लिएर गएको हेलिकोप्टर बिरामी बोकेर फर्कियो – Nepal Press

रोशी क्षेत्रमा अलपत्र यात्रीको उद्धार शुरु, राहत लिएर गएको हेलिकोप्टर बिरामी बोकेर फर्कियो

काठमाडौं । रोशीको बाढीले बिपी राजमार्ग बगाएपछि अलपत्र परेका यात्रुलाई नेपाली सेनाको हेलिकोप्टरले अत्यावश्यक तयारी खानेकुरा तथा पानी उपलब्ध गराएको छ ।

रोशी क्षेत्रमा २ दिनदेखि करिब २ हजारको संख्यामा सर्वसाधारण अलपत्र थिए ।

मौसममा सुधार आएलगत्तै आज गएको सेनाको हेलिकोप्टरले गर्भवतीसहित बिरामी र बालबालिकाहरूलाई उद्धार गरेर काठमाडौं लगेको सोही ठाउँमा रहेका रामेछापको लिखु तामाकोशी १ दुरागाउँका वडाध्यक्ष प्रदीप तामाङले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सेनाको हेलिकोप्टरबाट झारिएको चाउचाउ बिस्कुट र पानी अलपत्र परेका यात्रीलाई वितरण गरिएको छ । बिरामी, गर्भवती, ज्येष्ठ नागरिक र बालबच्चालाई पहिलो प्राथमिकता दिएर उद्धार गरिएको छ ।

रोशीको बाढीका कारण राजमार्ग बगेपछि खुर्कोट, मुलकोट, नेपालथोक, मंगलटारलगायत क्षेत्रमा काठमाडौंबाट गाउँतर्फ लागेका र विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेको यात्री अलपत्र छन् ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले रोशी क्षेत्रमा अलपत्र परेका यात्रीसँग आफ्नो सम्पर्क भइरहेको र प्राथमिकताका आधारमा उद्दार गरिने बताए । उनले हेलिकोप्टरले अत्यावश्यक खाद्यान्न र पानी लिएर गएको र विरामीलाई ल्याउने क्रम थालिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *