झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो – Nepal Press

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

काठमाडौं। धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए ।

यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो ।

आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो ।

उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।

शनिवार अपरान्ह मात्र उक्त ठाउँमा सवारी साधन पुरिएको आशंका सुरु गरिएको थियो ।

सशस्त्र प्रवक्ता न्यौपानेले अपराह्न ४ बजे आफूहरूलाई जानकारी आएपछि टोली परिचालन गरिएको बताए। ती सवारी साधन कतिबेला पुरिएका थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

यसअघि विपद् प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर