बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग अवरुद्ध, (सूचीसहित) – Nepal Press

बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग अवरुद्ध, (सूचीसहित)

काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशका ८ वटा, कोशी प्रदेश र गण्डकी प्रदेशका ६-६ मुख्य राजमार्ग अवरुद्ध भएका छन् । यस्तै काठमाडौं उपत्यकाका ५ वटा र कर्णाली प्रदेशको एउटा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा मुख्य राजमार्ग अवरद्ध हुनेमा कान्तीलोकपथ सडक खण्डको बकैया गाउँपालिका १२ घट्टेपाखा, भिमफेदी कुलेखानी फाखेल काठमाडौं सडक अन्तरगत ईन्द्रसरोबर गाउँपालिका २ सुकौरा, कान्तीलोकपथ सडक खण्डको बकैयाँ गाउँपालिका ११ आँपचौर र लाम्राङ, भित्रुवन राजपथ सडकको थाहा नगरपालिका ११ टिस्टुड देउराली, सोही राजमार्गकै थाहा नगरपालिका ५ मा, कुलेखानी मार्खु सडक खण्डको इन्द्रसरोबर गाउँपालिका १ मा र सिस्नेरी दक्षिणकाली सडक खण्डको इन्द्रसरोबर गाउँपालिका ३ मा पहिरो गएका कारण पूर्ण अवरुद्ध भएको छ ।

बामगती प्रदेशकै धादिङमा पर्ने मदनभण्डारी राजमार्ग (सुरुङमार्ग) अन्तरगत धुनिवेँशी नगरपालिका ९ त्रिभुवराजपथ, पृथ्वीलोक मार्गमा थाक्रे गाउँपालिका २ कमेरे, सोही लोकमार्गकै बेनिट रोराङ गाउँपालिका ३, वेनिघाट रोराङ गाउँपालिका ३, गजुरी गाउँपालिका २ छहारा पानी, वेनिघाट रोराङ गाउँपालिका १० तिङराङखानी, गल्छी गाउँपालिका ४ चिरौदीमा पनि पहिरोका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै सिनधुपाल्चोकमा अरनिको राजमार्ग अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११, पहरीगाउँ, वनदेउ–चौतारा सडक खण्ड अन्तरगत चौतारा साँगाचोकगढी नगरपालिका ११ र पोखरे, बाह्रविसे-तातोपानी सडक खण्डको बाह्रविसे नगरपालिका ५ मा पहिरोका कारण पुर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुलीमा पर्ने मध्य–पहाडी लोक मार्गमा गोलञ्जर गाउँपालिका ६, अकरेभिर, सोहि लोकमार्गमा पर्ने फिक्कल गाउँपालिका २ सुम्नामबेशी र मदनभण्डारी राजमार्ग सडक खण्ड अन्तरगत हरिहरपुरगढी गाउँपालिका ४ मा पहिरो गएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बागमती प्रदेशकै काभ्रेपलाञ्चोकमा पर्ने बिपी राजमार्ग अन्तरगत रोशी गाउँपालिका ८, चारसवेशी र रामेछापमा पर्ने रामेछाप र सिन्धुली खुर्कोट सडक खण्डमा पर्ने मन्धली नगरपालिका ६ मा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

यस्तै अन्य प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहमा पर्ने सडक खण्ड पनि पूर्ण तथा आंशिक रुपमा अवरुद्ध भएका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेशको पाल्पामा पर्ने सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी, पाल्पा-गुल्मी पक्की सडक अन्तरगत गर्ने तानसेन नगरपालिका ५, कैलाशनगर, अर्घाखाचीको गोरुसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा नगरपालिका २ भुवनपाटा, रोल्पामा पर्ने रुकुम घोराही सहिद राजमार्ग अन्तरतगत त्रिवेणी गाउँपालिका २, सोहि जिल्लाको सहिद राजमार्ग अन्तरगत माडी गाउँपालिका २ पाछा, गुल्मीमा पर्ने तम्घास रिडी पक्की सडक खण्ड अन्तरगत छत्रकोट गाउँपालिका ३ लुम्छा र दाङमा पर्ने दाङ-सल्यान सडक खण्ड अन्तरगत तुलसिपुर उपमहानगरपालिका ३ रामीमा पहिरो जादाँ सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर