विपद् प्रभावितको उद्धार तथा राहतमा जुट्न नेता-कार्यकर्तालाई अनेरास्ववियुको निर्देशन – Nepal Press

विपद् प्रभावितको उद्धार तथा राहतमा जुट्न नेता-कार्यकर्तालाई अनेरास्ववियुको निर्देशन

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी/पहिरोबाट प्रभावितको उद्धार तथा राहतमा जुट्न कमिटी र नेता-कार्यकर्तालाई निर्देशन दिएको छ ।

कार्यवाहक अध्यक्ष गोविन्द गिरीले विज्ञप्तिमार्फत संगठन पंक्तिमा उक्त निर्देश गरेका हुन् । समस्यामा परेका नागरिकको सहयोगका लागि प्रदेशगत रूपमा नेताहरूको सम्पर्क नम्बर पनि सार्वजनिक गरिएको छ ।

अनेरास्ववियुले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाको खोजी गर्न, घाइते र विपद्‍मा फसेकालाई तत्कालै उद्धार गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर