झ्याप्ले खोला पहिरो- पुरिएको बसबाट थप ५ शव निकालियो – Nepal Press

झ्याप्ले खोला पहिरो- पुरिएको बसबाट थप ५ शव निकालियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोला पहिरोबाट पुरिएका सवारीसाधनबाट हालसम्म ३५ वटा शव निकालिएको छ ।

पछिल्लो पटक बसबाट ५ वटा शव निकालिएको छ । शनिबार साँझ १४ वटा र आइतबार बिहान १६ वटा शव निकालिएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बस निकाल्ने क्रममा शवहरु भेटिएको बताए । यसअघि पहिरो खसेको ठाउँबाट हायस निकालिएको थियो । उक्त स्थानमा कति वटा सवारीसाधन पुरिएको छ भन्ने यकिन हुन सकेकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर