बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२९ पुग्यो, ६२ जना अझै बेपत्ता – Nepal Press

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२९ पुग्यो, ६२ जना अझै बेपत्ता

काठमाडौं । झरीपछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेर ८६ जना घाइते र ६२ जना अझै बेपत्ता छन् ।

अविरल वर्षामा परेका ३ हजार २६६ जनाभन्दा बढीको उद्धार भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीले लामो यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा सम्पर्क गरेर मात्रै निस्कन अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर