बाढी प्रभावित क्षेत्रमा पुगे सांसद विनोद चौधरी – Nepal Press

बाढी प्रभावित क्षेत्रमा पुगे सांसद विनोद चौधरी

परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केही बस्तीहरु डुबानमा परेका हुन् ।

नारायणी नदिमा उर्लिएको बाढीका कारण डुवानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थगलत निरीक्षणका लागि पुगेका हुन् ।

आज बिहान बाढी डुवान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए । उनले भने, ‘राहत वितरणको काम तत्काल सुरु हुन्छ । आजै यहाँ राहत पुग्छ । पुनस्र्थापना र यसको स्थायी समाधानका लागि काम भइरहेको छ ।’

प्रतापपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ऋषिदेव पटेलले ३०० बिघा धानबालीमा क्षति पुगेका बताए । उनले केही घर पनि डुबानमा परेको बताए । सरावल गाउँपालिकाको वडा नं ६ मा पनि बाढीले क्षति पुगेको छ । बाढीका कारण सयौं बिघामा लगाइएको धानबालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिब ११ सय बिघामा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

नवलपरासी १ बाट निर्वाचित सांसद चौधरीले नारायणी नदीबाट वर्षेनि हुने डुबानको स्थायी समाधानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएको बताएका छन् । सरकारले दुई अर्ब ७७ करोड लागत हुने गरी दुई वटा डीपीआर तयार गरेर यो वर्ष करिव ४० करोड बजेट विनियोजन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर