मंगलटार पहिरोमा घाइते ३ विदेशीसहित १२२ जनालाई धुलिखेल ल्याइयो – Nepal Press

मंगलटार पहिरोमा घाइते ३ विदेशीसहित १२२ जनालाई धुलिखेल ल्याइयो

काठमाडौं । काभ्रेका विभिन्न ठाउँमा गएका पहिरोमा घाइते भएकालाई नेपाली सेनाले हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याएको छ ।

नेपाली सेनाका अनुसार मंगलटारबाट ३ विदेशीसहित १ सय २२, पनौती पहिरोमा परेका ४, तेमाल पहिरोमा परेका ८ जनालाई हेलिकप्टरबाट धुलिखेल ल्याइएको हो ।

यस्तै सिन्धुपाल्चोकको चौरीदेउराली/दोलालघाटमा पहिरोमा परेका ३ जनालाई पनि ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर