सिटिजन्स बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २५ लाख – Nepal Press

सिटिजन्स बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २५ लाख

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।

शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच सम्माननीय कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यूलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डे ज्यूले रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

समाहरोमा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू ,बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यू र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति थियो ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शिग्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु. १ करोड प्रदान गरेको थियो र कर्णाली प्रदेशको जाजरकोटमा२०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु २५ लाखको सहयोग प्रधान गरेको थियोे । बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर