बाढीपहिरोले ११ सय मेगावाट बिजुली अवरुद्ध, २ अर्ब बराबरको क्षति – Nepal Press

बाढीपहिरोले ११ सय मेगावाट बिजुली अवरुद्ध, २ अर्ब बराबरको क्षति

काठमाडौं । झरीपछि बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत अवरुद्धसँगै साढे २ अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयमा अनुसार अझै यो क्षति बढ्न सक्नेछ ।

यस्तै सिँचाइतर्फका आयोजनामा १ अर्ब ३५ करोडको क्षति भएको छ । गत वर्ष अविरल वर्षाका कारण १० अर्बको क्षति भएको मन्त्रालयको भनाइ छ ।

ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आंकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर