राज्यसंयन्त्र रवि र सहकारीमा अल्झिँदा प्राकृतिक विपत्ति सामना गर्न चुकेको रास्वपाको निष्कर्ष (भिडिओ) – Nepal Press

राज्यसंयन्त्र रवि र सहकारीमा अल्झिँदा प्राकृतिक विपत्ति सामना गर्न चुकेको रास्वपाको निष्कर्ष (भिडिओ)

दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाइदियोः प्रवक्ता मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगै राज्य संयन्त्र सहकारीको मुद्दा र रवि लामिछानेमाथि केन्द्रित हुँदा प्राकृतिक प्रकोपको सामना गर्न नसकिएको निस्कर्ष निकालेको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले दुई दिनको पानीले दुईतिहाइको औकात देखाइदिएको टिप्पणी गरे ।

 

झाले पत्रकारहरुसँग भने, ‘सहकारीको विषयमा हामीले पटक-पटक धेरै चर्चा गरिसक्यौं । देश र राजनीति योभन्दा अघि बढे हुन्थ्यो भन्ने हाम्रो धारणा हो । सबै यसैमा अड्किँदाखेरिको मूल्य के हुन्छ भन्ने हामीले देख्यौं । सरकार, गठबन्धन, गठबन्धन आवद्ध दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति यही तीन खम्वामा अड्किएको थियो- रास्वपा, रवि र सहकारी । योबाहेक अरु कसैले केही सोचिराखेको थिएन । प्राकृतिक विपत्तिका लागि कोही तयारै थिएन । त्यसैको परिणामस्वरूप प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चुक्यो ।’

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको कमजोरी स्वीकारेको उनले बताए । यसअघि गृहमन्त्री छँदा नै रवि लामिछानेले असोज १७ सम्म बाढी-पहिरोको जोखिम छ भनेर तयारीका लागि एउटा निर्णय गरेको झाले स्मरण गरे । तर, वर्तमान गठबन्धन सरकारले त्यसलाई निरन्तरता नदिएको उनको भनाइ थियो ।

‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो । पहिलो र दोस्रो दल बनेर जस्तो सुकै चुनौति पार लगाउन सक्ने भनिएको थियो । तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ । खोइ त तयारी ?’


प्रतिक्रिया

2 thoughts on “राज्यसंयन्त्र रवि र सहकारीमा अल्झिँदा प्राकृतिक विपत्ति सामना गर्न चुकेको रास्वपाको निष्कर्ष (भिडिओ)

  1. अमेरिकामन आँधिले ५० भन्दा बढी मरे । ५४ वर्षमा धेरै पानी परेको छ । अनि यसले के ओैकातको कुरा गरेको ? सहकारी ठगलाई विपत्तिसँग जोडने काम आफैंले गर्दैछ । रास्वपामा दिल्लीका दलाल पनि मिसिएका छन् ।

  2. नैतिक्ता भन्ने कुरा छैन ? प्राकृतिक प्रकोप वारे १ हप्ता अगाडि नोटिस गरेको थियो दिमाख खुरापाति मात्रै हो गर्ने यस्तो बेलामा मानवता छ भने पत्रकार सम्मेलन गरेर बस्ने होइन पूर्वगृहमन्त्रि ज्यु| कुनै बेलामा त खुब कृष्णभिरमा कार्यकर्ता खटाएर सस्तो लोकप्रियता खोज्दै हुनुहुन्थ्यो| अहिले के भयो त्यो अभियान फल्प खायो? कमसेकम मानबिय सोच राख्नुहोस दिनरात आफ्नो ज्यानको कुनै प्रवाह नगरिकन राष्ट्रसेवक खटिएका छन सम्मान गर्नुहोस| कति एम्बुलेन्स बाटैमा छन बाटो छैन खानेपानि छैन खाने कुरा छैन बस्नेठाउ छैन उपचार पाको छैन जेष्ठ नागरिक आपतमा छन सुत्केरी महिला बालबच्चा बिचल्ली मा छन कहा छ तपाइको मानविय सोच मन|कमसेकम खुट्टा तान्न छोडेर उद्दारमा खटिनुहोस|भ्रममा नपार्नुहोस जनतालाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर