उद्धार, राहत तथा पुन:स्थापनामा जुट्न पूर्वमुख्यमन्त्री राईको आव्हान – Nepal Press

उद्धार, राहत तथा पुन:स्थापनामा जुट्न पूर्वमुख्यमन्त्री राईको आव्हान

विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले बाढी पहिरो तथा डुबानजन्य विपद् प्रभावितको उद्धार, राहत र पुन:स्थापनामा जुट्न कार्यकर्तालाई आव्हान गरेका छन् ।

प्रदेश इन्चार्जसमेत रहेका राईले कोशीभरका १४ वटै जिल्ला कमिटी तथा नेता कार्यकर्तालाई यस्तो आव्हान गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै राईले जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन पनि आग्रह गरेका छन् । जनधनको क्षतिप्रति दु:ख जनाउँदै उनले घाइतेहरूको उपचार र बेपत्ताहरुको तीव्र खोजी गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेता राईले सडक तथा पुललगायत बाढीपहिरोबाट क्षति पुगेका संरचना तत्काल पुन:निर्माण थाल्न पनि ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर