बाढीपहिरोमा परेर अहिलेसम्म १४८ को मृत्यु, ५५ जना बेपत्ता – Nepal Press

बाढीपहिरोमा परेर अहिलेसम्म १४८ को मृत्यु, ५५ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्‌मा परेर अहिलेसम्म १४८ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर बागमती प्रदेशमा ८६, काठमाडौं उपत्यकामा मात्रै ४३, कोशी प्रदेशमा १६ र मधेश प्रदेशमा ३ गरेर १४८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

प्रहरीका अनुसार विपद्‌मा परेर बागमती प्रदेशमा ६८, काठमाडौं उपत्यकामा १८, मधेश प्रदेशमा ९, कोशीमा ६ गरेर १०१ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा २ हजार १५५, गण्डकी प्रदेशमा ९९७, बागमतीमा ३८४, कोशीमा ९० र मधेशमा ३५ गरेर ३ हजार ६६१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी ५५ जना बेपत्ता रहेको र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर