माओवादीको निष्कर्ष- सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति – Nepal Press

माओवादीको निष्कर्ष- सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्पडेस्क राख्ने

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्पडेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आइतबार साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मौसम पूर्वानुमानअनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

त्यस्तै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउनेलगायतका निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया

One thought on “माओवादीको निष्कर्ष- सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति

  1. अस्तिसम्म सरकारमा बसेर लुडाएका थियौ त । के तयारी गरेका थियौ ? अरूलाई भन्न लाज छैन सुन तस्करहरूलाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर